भड्किए वामदेव भने अब ओलि कम्युनिष्ट रहेनन्, एमाले कम्युनिष्ट पार्टी रहेन



काठमाडौं । एमालेका नेता वामदेव गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताएका छन् । अध्यक्ष केपी ओलीको एकल निर्णयबाट अरुसङ्गै बर्खास्त एमाले उपाध्यक्ष गौतमले ओलीले फासीवादी चरित्र देखाएको बताए । उनले भने, ‘यो पार्टी संचालनमा फासीवादी चरित्र हो । अराजकताको पराकाष्ठा नाघ्यो’,गौतमले भने, ‘ उनले आफुलाई ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि लाज लाग्ने स्थिति बनेको बताए ।

शुक्रशबार ओलीले एकलौटी ढंगबाट इश्वर पोख्रेलबाहेकका सबै पदाधिकारीलाई खोसुवा गरेपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् । गौतमले ओलीकै कारण एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने स्थिति बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म कम्युनिष्ट पार्टीको नेता भन्न चैं सकिने स्थिति थियो । कम्युनिष्ट पार्टीका सबै सिद्धान्तहरु परित्याग गरेपछि उनलाई अब कसरी कम्युनिष्ट पार्टीको अध्यक्ष भन्ने ? गौतमले प्रश्न गरे ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार