
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।
एमाले अध्यक्ष ओलीले खोसे माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।
बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।
कसको जिम्मेवारी के तोकियो ?
प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ,अध्यक्ष : देवराज घिमिरे,सचिव : विनोद ढकाल
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल,अध्यक्ष : प्रभु साह,सचिव : सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज : रामबहादुर थापा बादल,अध्यक्ष : आनन्द पोखरेल,सचिव : खेम लोहनी
गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ,अध्यक्ष : जगत विश्वकर्मा,सचिव : गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल,अध्यक्ष : लीला गिरी,सचिव : खेममान खड्का
कर्णाली
इन्चार्ज : यमलाल कँडेल,अध्यक्ष : गुलाबजंग शाह,सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट,अध्यक्ष : कर्ण थापा,सचिव : राजेन्द्र सिंह रावल
विभागहरु
स्कुल विभाग प्रमुख : केपी शर्मा ओली
संगठन विभाग प्रमुख : विष्णु पौडेल
विदेश विभाग प्रमुख : राजन भट्टराई
सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख : छविलाल विश्वकर्मा
संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ
निर्वाचन विभाग प्रमुख : विष्णु रिमाल