
काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा आइतबार साँझ थप दुई जनालाई भर्ना गरिएको छ ।
योसँगै आइतबार भर्ना भएका बिरामीको सङख्या चार पुगेको छ । भर्ना हुने चारै जना नेपाली नागरिक हुन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला का अनुसार भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र तीन जना दक्षिण कोरियाबाट फर्केका हुन् । उनले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं।’ आइसोलेसनमा राखिएका चारै जना पुरुष हुन् ।
प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार