ना गा बाबाहरूको मा ग- हिन्दू राज्य चाहियो, हामीलाई राजा चाहियो अरुलाई चि न्दैनौं ! (भिडियो)



शिवरात्री मनाउन भारतदेखि नेपाल आएका बाबाहरूको पशुपति क्षेत्रमा चहलपहल बढेको छ । बिहीवार पर्ने शिवरात्रीका लागि निकै दिन पहिलेदेखि बाबाहरूको आउने क्रम चलिरहेको थियो ।महाशिवरात्रीको दर्शन गर्न भारतबाट आएका साधुहरुले नेपाल ३ हजार वर्षदेखि हिन्दूराज्य भएको बताउने गरेका छन् ।

महाशिवरात्रीको समयमा भारतबाट आएका नागा बाबा र साधु बाबाहरुले नेपाल सदिऔंदेखि सनातन धर्मको राज्य भएको बताएका हुन् । नेपालमा त्रेता युगदेखि नै रामको राज्य र भगवान शिवले आफ्नो बासस्थान बनाएको ठाउँ हो यहाँ कसैले पनि अरु राज्य भन्नै पाउँदैन् यो त हिन्दू राज्य हो । पशुपतिमा आएका अधिकांश बाबाहरुले नेपालमा अरुलाई नचिन्ने तर राजालाई चिन्ने बताएका छन् ।

‘नेपालमा हामीले चिन्ने विष्णुको अवतार भएका राजालाई चिन्छौं अरु त को हुन् को,’ भारतको गाजियावाद भदौली शिवमन्दिरबाट आएका नागा बाबा राम गिरीले लोकान्तरसँग भने, ‘हामी भगवान शिवलाई मान्छौं राजा मान्छौं ।’

पशुपतिमा चहलपहल न्यून
शिवरात्रीको पूर्वसन्धामा पशुपतिमा चहलपहल न्यून देखिएको छ । कोरोना भाइरसको संक्रमण चलिरहेका कारण र नेपाल भारत सीमा आंशिक बन्द भएकाले चहलपहल कम देखिएको छ । पशुपतिमा अघिल्लो बर्षजस्तो बाबाहरु पनि देखिएका छैनन् । पशुपति क्षेत्रमा देखिएको बाबाको चहलपहललाई लोकान्तरकर्मी गगन अर्याल र विश्वास खनालले भिडियोमा उतारेका छन् ।

हेर्नुहोस् भिडियो –

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार