एसईईको लागि परीक्षा केन्द्र तथा प्रयोगात्मक प्राप्ताङ्क पठाउन सबै इकाइलाई निर्देशन !



काठमाडौं | राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय,कक्षा १० ले परीक्षा केन्द्र तथा प्रयोगात्मक प्राप्ताङ्क पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । २०७७ माध्यामिक शिक्षा परीक्षा कक्षा १० को एसईई सञ्चालनका लागि बोर्डको बेभसाइटमा राखिएको एक्सेल फरम्याट अनुसार परीक्षा केन्द्र र सो केन्द्र अन्तर्गत पर्ने समूह विद्यालयको नाम (विद्यालय कोड समेत) सम्भव भएसम्म गत बर्ष कायम गरिएका केन्द्र सङ्ख्या नबढ्ने गरी आगामी चैत्र १० गते भित्र अनिवार्य पठाउन सबै इकाइलाई निर्देशन दिइएको हो ।

साथै परीक्षार्थी सङ्ख्या बढी भई केन्द्र बढाउनु पर्ने अवस्था भएमा शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंग समन्वय गर्नुपर्ने जनाएको छ । त्यसै गरी परीक्षा व्यावस्थापनलाई सहज बनाउन प्राविधिक धार तथा ग्रेडबृद्धी तर्फका परीक्षार्थीहरूको परीक्षा केन्द्रहरू जिल्ला सदरमुकाम वा जिल्लाको सबै परीक्षार्थीलाई पायक पर्ने स्थानमा कायम गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई भनिएको छ ।

एसईईको प्रयोगात्मक प्राप्ताङ् पनि बोर्डको बेभसाइटमा राखिएको एक्सेल फरम्याटमा विद्यालयलाई इन्ट्रि गर्न लगाई सफ्ट कपी तथा हार्ड कपी एक र एक प्रति इकाइमा राखी एक प्रति बोर्डको कार्यालयमा पठाउन इकाईलाई भनिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार