पार्टीनै फुटाएर एमालेसंग मिल्दै जसपाका यी नेता, यसरी भन्ने भयो ओलीकै नेतृत्वमा नयाँ सरकार



काठमान्डौ – प्रधानमन्त्रीको नयाँ दौड चलिरहँदा जनता समाजवादी पार्टी फुटाउने खेल चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन जसपाको साथ लिन खोजेपछि फुटाउने खेल चलेको हो । जसपामा अध्यक्ष उपेन्द्र महतो र संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रष्ट उभिएका छन् । तर, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अलग धारमा उभिएका छन् । उनीहरु प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् ।

ओलीसँग समिकरण बनाउने गरी ठाकुर र महतो समूह सक्रिय भएको छ । उनीहरुले वार्ता टोली नै गठन गरेका छन् । अब नयाँ सत्ता समिकरणका लागि गृहकार्य चलेको छ । जसमा ओली सरकारलाई जसपाको ठाकुर महतो पक्षले साथ दिने सम्भावना छ । उनीहरु प्याकेजमै सहमति गरेर जान खोजेका छन् । तर, यादव र भट्टराई ओलीबाहेकको समिकरण बनाउने पक्षमा छन् । उनीहरु काँग्रेस र माओवादी केन्द्रसँग मिलेर जाने पक्षमा छन् ।

सत्ता संघर्षमा जसपा निर्णायक शक्ति बनिरहँदा महन्थ र डा. बाबुराम भट्टराई उक्त पार्टीबाट प्रधानमन्त्रीको दौडमा छन् । तर, दुई नेताहरु अलग धारमा रहेर बढ्न थालेपछि फुटको खतरा बढेको छ । केही दिनअघि ठाकुरजीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नुभएको थियो। त्यहीँ बेला कार्यदल बनाउनुभएको हो,’ जसपाका एक नेताले सेतोपाटीसँग भने, ‘यसबारेमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी छैन ।

पूर्व राजपाकै पनि कतिपय नेतालाई थाहा दिइएको छैन। जसपाभित्र सत्ता गठबन्धनका लागि दुई धार देखिएको छ। भट्टराई र यादवले वर्तमान प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले सहकार्य गर्नै नहुने अडान लिएका छन् । तर ठाकुर र महतो भने ओलीसँग सहकार्य गर्ने विषयमा खुला छन् । समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक(फरक छन्। केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन् । सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन् ।

निर्वाचन आयोगले लेख्यो यस्तो पत्र
निर्वाचन आयोगले संघीय संसद्लाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को दर्ता खारेजपछि साबिकका नेकपा एमाले र माओवादी केन्द्र नै कायम रहेको जानकारी दिएको छ।
आयोगको मंगलबार बसेको बैठकले २३ फागुनको सर्वोच्च अदालतको आदेश बमोजिम नेकपाको दर्ता खारेजी भएर दुई दल एकीकरण पूर्वको अवस्थामा पुगेको जानकारी संघीय संसद्, सात वटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई दिने निर्णय गरेको हो।

ऋषिराम कट्टेलले आफूले नेतृत्व गरेको पार्टीको नाम एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको दललाई दिएको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।सर्वोच्च अदालतले २३ फागुनमा फैसला गर्दै नेकपा नाम कट्टेल नेतृत्वको दललाई दिँदै एमाले र माओवादी केन्द्रलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको थियो। उक्त फैसला कार्यान्वयन गर्न आयोगको आज बसेको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दलका रूपमा कायम रहने जानकारी ती दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सर्वोच्च अदालतले दुई दल एकीकरण पूर्वको अवस्थामा फर्काइदिएपछि पुनः एकीकरण गर्न चाहेमा ‘कानून बमोजिम प्रक्रिया पूरा गरेर एकीकरण गर्न आउनू’ भन्ने सूचना दिन पनि निर्वाचन आयोगलाई आदेश दिएको थियो। त्यसै बमोजिम निर्वाचन आयोगले पुनः एकीकरण गर्ने भएमा नयाँ नाम र निर्वाचन चिह्नसहित १५ दिनभित्र निवेदन लिएर आउन भनेको छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा पार्टी दर्ता भएपछि निर्वाचन आयोगमा क्रमशः सन्ध्या तिवारी र गोपाल किराँतीको नाममा एमाले र माओवादी केन्द्र नामका पार्टी दर्ता थिए।

अब ओली र दाहालले नेतृत्व गरेको एमाले र माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्किएपछि तिवारी र किराँतीको नाममा रहेका पार्टीहरूको नाम पनि खारेज भएको छ। निर्वाचन आयोगले तिवारी र किराँतीलाई नयाँ नाम र चिह्नसहित आयोगमा आउन पनि जानकारी गराउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार