ओली सरकारलाई दुई वर्ष टिकाईन्छ : खनाल



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वको सरकारलाई नै दुई वर्ष टिकाउने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतिनिधिसभाको पूरा कार्यकालभरि नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने खनालको भनाई आएको हो ।

उनले भने,‘हामी यही सरकारलाई दुई वर्ष टिकाउनतिर लाग्छौं । अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गर्छौं ।’ तर, यसबारेमा वरिष्ठ नेता माधव कुमार नेपालले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनी अहिले सरकारलाई जोगाउनुपर्ने भनेर कसैले पनि सल्लाह नगरेको भन्दै जवाफ दिनबाट पन्छिएका थिए ।

ओली क-कस्को कमजोरीमा कसरी खेल्दैछन्
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा ठुलो चिन्ता १४ औं महाधिवेशनको छ । भदौभित्र कुनै हालतमा महाधिवेशन नगरे पार्टी नै खारेज हुन्छ । अबको ६ महिना देउवाका लागि सबैभन्दा चुनौतीको समय भएको छ । देउवालाई महाधिवेशनको चिन्ताले सताएको प्रधानमन्त्री केपी शर्मा ओलीले राम्ररी बुझेका छन् । त्यसैले वैशाखमा चुनाव गर्ने भन्दा देउवालाई हाइसञ्चो भएको थियो । सभापति भएरै टिकट बाँड्न पाइने र अर्को महाधिवेशन पनि आरामले जित्ने उनको सपना प्रतिनिधि सभा ब्युँतिएपछि उडायो । अझै पनि देउवा कि त प्रधानमन्त्री बनेर सत्ताको आँडमा पुनः काँग्रेस सभापति बन्ने रणनीतिमा छन् कि त महाधिवेश सार्ने ध्यानमा छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ऐन परिवर्तन गर्यो भने केही समय पछाडि महाधिवेशन धकेलिन सक्छ ।

ओलीले देउवाको यही कमजोरी बुझेर खेलिरहेका छन् । उनले देउवासँग भित्री समिकरण गरेर भुमिका निभाए । अर्कोतर्फ गएको संसदीय चुनावमा देउवाले प्रचण्डबाट धोका पाएको बिर्सेका छैनन् । यसले पनि ओलीलाई फाइदा पुगेको छ । देउवाले प्रतिनिधि सभा पुनःस्थापनाको विपक्षमा आफूलाई उभ्याएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रौसिइहाल्ने स्वभावका छन् । उनले सार्वजनिक रुपमा आफू ओलीको बोलीबाट पग्लिएको बताउने गरेका छन् । अर्कोतर्फ, प्रचण्डमाथि हिंसात्मक जनयुद्धको मुद्दाहरु उल्टने डर पनि छ । यसैमा ओलीले फाइदा लिन सकेका छन् । पछिल्लो समय शिविरका लडाकुका लागि विनियोजित १९ अर्बको विषय पनि उठेको छ । यस्ता घटनाहरुबाट ओलीले प्रचण्डमाथि डर पैदा गर्दै आएका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले सबैभन्दा नजिकबाट बुझेका छन् । नेपाल महासचिव हुँदा ओली उनकै क्याम्पमा रहेर काम गरे । माधव नेपालमाथि पहिलो संविधानसभामा दुई स्थानमा चुनाव हारेर पनि प्रधानमन्त्री बनेकाले पदको लालचीको आरोप छ । ओलीले माधव नेपालको विगतका कमी कमजोरी कोट्याउँदै कमजोर पार्न खोज्दै आएका छन् । नेपाल गुटको बलियो संरक्षण नगर्ने नेता भएकाले उनका नेता कार्यकर्ता समेत तान्न थालेका छन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल गुटको संरक्षण गर्दैनन् । उनी सैद्धान्तिक बढी व्यवहारिक कम देखिन्छन् । त्यही कमजोरीबाट ओलीले फाइदा उठाउँदै खनाललाई एक्लो वृहस्पति जस्तै बनाइदिएका छन् । पूर्व प्रधानमन्त्री भइकन खनाल एमालेभित्र ओली र नेपाल दुवैभन्दा कमजोर छन् । एमाले उपाध्यक्ष बामदेव गौतमलाई ओलीले बारम्बार आश्वासन दिने गरेका छन् । भविष्यमा पार्टी नेतृत्व दिने देखि प्रधानमन्त्री बनाउने सम्मको प्रस्तावहरु गरे । यसबाट बामदेव दंग परे । गौतमलाई विभिन्न सम्भावनाहरु देखाउँदै दिन्छु भन्दै ओलीले आफ्नो पक्षमा पार्ने गरेका छन् । विगतमा पनि गौतमको मन जित्दै सत्ता संकट टार्ने सफलता हासिल गरेका थिए ।

जनता समाजवादी पार्टीका कतिपय नेताहरुलाई मन्त्री पदको आशा छ । उपसभामुख पनि जसपाको दाबी छ । जसपा नेताहरु पदका लागि आफ्नो पक्षमा आउने बुझेर ओलीले नयाँ कार्ड फालेका छन् । यसले जसपाभित्र ठुलै कम्पन गएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा देखिएकाले ओलीले महन्थ ठाकुरलाई आश्वासन दिइसकेका छन् । उपसभामुख र त्यस्तै परे समिकरण बनाएर सरकारको नेतृत्व सम्म दिनसक्ने संकेतहरु गरेका छन् । योसँगै जसपाको महन्थ ठाकुर समूह उत्साही बनेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार