प्रतिनिधिसभा बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी ४ वटा राष्ट्रिय दल छन् । त्यसबाहेक राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद स्वतन्त्र हैसियतमा छन् । यसअघि फागुन २३ गते बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेका थिए ।

१५ मिनेट अगाडि संसद भवन पुगेका प्रधानमन्त्री केहीबेरमै बाहिरिए
संसद पुनर्थापना पछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्।

उनी पौने एक बजे संसद भवन पुगेका थिए। १५ मिनेटपछि उनी संसद भवनबाट बाहिरिएका हुन्। बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसँग कुराकानी गरेका थिए। उनले पत्रकारहरुलाई भने कुनै प्रतिक्रिया दिन चाहेनन्।

संसद बैठक बस्न ढिलो हुने थाहा पाएपछि प्रधानमन्त्री बाहिरिनु भएको नेता सुबास नेम्बाङले सेतोपाटीलाई जानकारी दिए। ‘बैठक चल्न ढिला हुने देखेर उहाँ बाहिरिनु भएको हो’, नेम्बाङले भने। यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्। उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार