रामकुमारी झाक्रीलाई एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित गर्न माग



काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् । दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ ।

नेपाल समुह एमालेमै फर्किएपछि अहिले सामाजिक संजालमा ओली निकट नेता कार्यकर्ताले भिभिन्न किसिमका माग गर्दै आइरहेका छन् । भिम रावल, राम कुमारी झाक्रीलाइ त पार्टी बाट निस्कासन गर्न सुझाव सम्म दिएका छन् । यसै क्रममा एमालेका ओली निकटका कार्यकर्ता प्रेम भण्डारीले राम कुमारी झाक्रीलाइ पार्टी बाट साधारण सदस्य समेत नराख्ने गरि पार्टी बाट निस्कासन गर्न अपिल गरेका छन् । उनले सामाजिक संजालबाट ओलीलाई लेखेको अपिल यस्तो छ ।

हार्दिक अपिल : नेकपा एमाले को म एउटा इमानदार कर्मठ सिपाही भएको नाताले हिजो मदन भण्डारी र हजारौं कार्यकर्ता को र गत पसिना र ज्या न आ हुति गरेर बनाएको पार्टी एमाले को पहिलो केन्द्रिय समिती को बैठक बाट रामकुमारी झाक्री लाई पार्टी को साधारन सदस्य र समानुपातिक साम्सद बाट तुरुन्त निलम्बन गर्न म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सम्माननिय केपि ओलि र सिङ्गो केन्द्रिय कमिटी सग जोडदार माग गर्द्छु ।

मदन भण्डारी र श्रीमति बिध्या देवि भण्डारी लाई तथानाम गा ली बे इ ज्जती गर्ने पार्टी हितबिपरित कृयाकलाप गरेको अभियोग मा अनुसासन को कारबाही गरियोस तुरुन्त । झाक्री को स्थान मा सुखानी ह त्या का न्द मा मा रि एका कुनै सहिद को परिवार लाई साम्साद बनाउन नि हार्दिक अपिल गर्दछु । पार्टी मा सब्य सुशील अनुसासित र इमानदार कार्यकर्ता लाई पुरस्कृत र अनुसासन नमान्ने लाई दण्ड दिने बानी बसालौ ।

प्रेमबहादुर भणडारि
नेकपा एमाले कार्यकर्ता ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार