प्रचण्ड–माधव पक्षीय स्थायी कमिटी बैठक : अब एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्ष



काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।

‘अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको हो ? ‘: प्रधानमन्त्री
प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठककै बीचमा नेताहरु निस्किने क्रम सुरु भएको छ । चार बजेबाट सुरु भएको बैठक नसकिँदै स्थायी समिति सदस्यहरु एक–एक गरि निस्किने क्रम जारी छ ।

अहिलेसम्म योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल बैठकबाट निस्किएका छन् । बैठक भने जारी नै रहेको छ । यता केपी ओली समूहको आन्तरिक बैठक पनि बालुवाटारमा जारी छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार