मेलम्चीको पहिलो श्रेय राजा बीरेन्द्र र कृष्णप्रसाद भट्टराईलाई जान्छ, बाँकि श्रेय लिनेहरु फटाहा हुन् !



धेरै नभुक न ल …! मेलम्ची खानेपानी आयोजनाको पहिलो श्रेय स्व: राजा श्री ५ विरेन्द्रलाई जान्छ , स्व. राजा विरेन्द्रकै सदिच्छा र सोंच अनुसार मेलम्ची खानेपानी आयोजनाको शुरुवात भएको हो । दोस्रो श्रेय पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई जान्छ , भट्टराई कै इच्छा मुताबिक मेलम्ची परियोजनाको कामलाई तिब्रता दिइएको थियो । त्यसपछिका कुनै पनि पात्रलाई मेलम्ची खानेपानी आयोजनाको श्रेय लिने नैतिक हक छैन , जसले यो आयोजनाको श्रेय लिन खोज्छ त्यो व्यक्ती फटाहा नम्बर – १ हो भन्ने बुझे हुन्छ ।

ठिक ११३ वर्ष जति अघि अर्थात वि.स. १९६४ ताका बाटोघाटो , सडक सुबिधा र सवारी साधन थिएन, सम्पूर्ण सामानहरु भारतको सिमाना देखि काठमाडौ सम्म मान्छेले बोकेर पुर्याउन पर्थ्यो , त्यो जमानामा राणाहरुले ५०० किलोवाट क्षमताको फर्पिङ्ग जलविद्युत आयोजना शुरु गरेर ठिक चार वर्षमा अर्थात वि.स. १९६४ मा निर्माण शुरु गरेर वि.स. १९६८ मा सम्पन्न गरेका थिए। वि.स. १९६८ मा तत्कालीन राजा पृथ्वी विरविक्रम शाहले टुँडिखेलमा बिजुलिको स्विच दबाएर नेपालमा पहिलो र एशियामा नै दोस्रो जलविधुत गृहको उदघाटन गरेका थिए। यसको ठिक २३ वर्ष पछि अर्थात वि.स. १९९१ सालमा राणाहरुले लगभग यति नै अबधी लगाएर ६४० किलोवाट क्षमताको सुन्दरिजल जलविद्युत आयोजना बनाए।

यिनले विकास विरोधी र सामन्त भन्ने गरेको राणाहरुले त्यो जमानामा ४ वर्ष लगाएर जलविद्युत आयोजना सम्पन्न गरे, चन्द्र शमशेरले त्यो जमानामा १ वर्षको अवधी लगाएर १४ सय कोठाको सिंह दरबार बनाए तर ७२ को भुकम्पले थलिएको यहि सिंह दरबार मर्मत गर्न लाज नभएको नकच्चराहरुले ६ वर्षमा पनि पूरा गरेका छैनन ।

अनि, समाजवादी – अग्रगामी – प्रगतिशिलहरुले आधुनिक जमानामा सम्पूर्ण सडक सुबिधा र यातायात व्यवस्था लगायत अत्याधुनिक उपकरणको बाबजुद ३१ वर्षमा बल्ल मेलम्चिको पानी काठमाडौ झारेका छन , बितरण प्रणालिको काम त बाँकी नै छ। विगतका प्राय सबै जसो सरकार , दल वा नेताको लागि मेलम्ची आयोजना दुहुनो गाई भएको थियो , यो आयोजना बाट लाभान्वित नहुने जिवित शिर्ष नेता कोहि छैनन ।

३१ वर्षको अबधीमा देशले ठूलो फडको मार्न सक्छ , चिनले १० वर्षको अवधिमा एउटा उजाड भूमिमा ३ करोड जनसंख्या सहितको विशाल शहर बसालेको छ , सिर्फ २० वर्षको अवधिमा सिंगापुर र मलेशियाले विकासमा चमत्कारिक फडको मारेको छ , कतिलाई थाहा छ ? ओशो रजनिशले सिर्फ ४ वर्षको अवधिमा अमेरिकाको ओरेगन राज्यमा अत्याधुनिक सुविधा सहितको शहर बसालेका थिए , नेपाल मै राजा महेन्द्रले १० वर्षको अवधिमा सयौं उद्योगहरु स्थापना गरेका थिए । ३१ वर्षमा एउटा आयोजना सम्पन्न गर्दा लाज , घिन, शर्म मान्नु पर्ने ठाउँमा गर्व गर्दै श्रेय लिने हानथाप गर्दैछन बा ! कुन ग्रह बाट बिचरण गरेको जन्तु परेछन यो देशको नेताहरु ! अझ यिनका झोले – लफंगाहरुको तुजुक पो गजबको छ बा ! यिनले अन्न खान्छन कि बिष्टा ? यिनको खोपडिमा गोबर छ कि आची ?

यो आयोजना समय मै सम्पन्न भएको भए ४ गुणा कम लागतमा निर्माण हुन सक्थ्यो , यो क्षति यी झोलेहरुले ब्यहोर्छन कि यिनका नेताहरुले ब्यहोर्छन? २६ वर्ष अनावश्यक लम्बिएको निर्माण अवधिमा ५० लाख जनताले पाएको सास्ती को हर्जाना कसले तिर्छ ? यसको जिम्मेवरि कसले लिन्छ ?

मेलम्ची खानेपानी आयोजनाको एउटा महत्वपूर्ण विशेषता पनि छ , पंचायतको आखिरी समय ताका राजा विरेन्द्रको व्यक्तिगत ईच्छा अनुसार अगाडी बढाइएको यो आयोजानालाई २०४६ को परिवर्तन लगत्तै बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले प्राथमिकताका साथ निरन्तरता दिए , उनले पुर्वराजा वा पंचायतले शुरु गरेको आयोजना भनेर पूर्वाग्रह राखेनन , एउटा असल राजनितीज्ञमा हुनुपर्ने गुणको उदाहरण दिए स्व. भट्टराईले ।

विगतको ईतिहासमा देशको लागि अमूल्य योगदान दिने पात्रहरुको मुर्ती तोडदै हिंड्ने र तिनले निर्माण गरेको संरचनाको नाम फेर्दै हिंड्ने अनि तिनैले बनाएको संरचना मर्मत गर्न विदेशी सँग भिख मागेर पनि ६-७ वर्षमा मर्मत गर्न नसक्ने हिजडाहरुले यो आयोजनाको श्रेय लिने मूर्खता नगरोस । शान्तिमान श्रेष्ठ (फेसबुकबाट)

धेरै नभुक न ल …! मेलम्ची खानेपानी आयोजनाको पहिलो श्रेय पुर्व राजा श्री ५ विरेन्द्रलाई जान्छ , स्व. राजा विरेन्द्रकै…

Posted by Shantiman Shrestha on Sunday, March 7, 2021

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार