सर्वोच्चको फैसला सही छ, फुट्न चाहनेलाई पनि बाटो खुल्यो – वामदेव गौतम



नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो ।

नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेकपाको पनि उपाध्यक्ष थिए ।

प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएर दुईतिर लाग्दा गौतम भने पार्टी एकता जोगाउन भन्दै कुनै समूहमा नलागी एकता अभियान घोषणा गरेका थिए । ‘अब माधव नेपालले एमालेबाट ४० प्रतिशत लिएर जान सक्नु हुन्छ,’ गौतमले भने । आइतवार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर बनेको नेकपालाई मान्यता दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार