सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र



काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।

सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो । सर्वोच्चले अब यी राजनीतिक दलले एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी दर्ता गर्न निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ ।

अब नेकपा ऋषि कट्टेलको, ओली–प्रचण्डको नेकपा खारेज
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा फैसला सुनाएको छ । सो मुद्दामा ऋषि कट्टेलले मुद्दा जितेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज भएका छन् । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार