
काठमाडाैँ | तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन्। १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिएका छन्।
यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गर्ने जनाइएकाे छ।
प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि तेजाव आक्रमण भएको थियो। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।
Drumroll please! धेरै-धेरै बधाई। I’m absolutely thrilled to announce tht Nepal’s Muskan Khatun will be receiving the @StateDept’s International Women of Courage Award for her work to end acid attacks. She’ll be the 1st Nepali to win & 1⃣of the youngest awardees ever!🙏 #IWOC2021 pic.twitter.com/gdbO0a4aEq
— Ambassador Randy Berry (@USAmbNepal) March 5, 2021