विप्लवजी, माफी चाहन्छु, तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले आमजनतालाई के दियो भन्ने थाहा पाउन सकिएन ! सामन्तवादविरुद्ध यु’द्ध भन्नुभो, शिक्षकको ह त्या गर्नुभो । पूँजीवादविरुद्ध एनसेलको गेटमा बम पड्काएर निमुखो गरिबको ज्या’न लिनुभो । हातमुख जोर्नसमेत समस्या भएका केही गरिब ब’म बनाउन सिक्दा सिक्दै त्यही पड्केर मरे ।
स्कुलदेखि चियापसलसम्म चन्दाको आ’तङ्क थियो । त्यो पैसा कहाँ कसरी खर्च भयो थाहा भएन । खैर, हातमा ब’म पड्केर ‘शहीद’हुने निमुखाको परिवारले पाएको भए बिसेक नै भयो । तल्लो स्तरको कार्यकर्ता जेलमा पर्दासम्म ठीक नै थियो । तर जब तपाईंका दाहिने हातहरू नै जेलमा सड्ने अवस्था आयो, तपाईं आत्तिनुभो । कतिसम्म भने तपाईंका छोराले मार्सीवाला दुर्गाप्रसाईँलाई मेडिकल माफिया भनेर मिडिया स्टन्ट गरे, तर अन्ततः तपाईं र प्रसाईँ दुबैले एकैपल्ट सरकारी टीका ग्रहण गर्ने अवस्था आइपुग्यो ।
तपाईं एक दशकअघि पनि प्रचण्डहरूसँगै हिं’साकै राजनीतिमा हुनुहुन्थ्यो । रोचक त के छ भने दश वर्षअघि नै त्यो हिं’सा छोडेर तपाईंजस्तै मूलधारमा आउनेहरूलाई अझै पनि आ’तङ्क’कारी देख्ने समाजले तपाईंलाई भने केही दिन शान्तिको दूत मानेर फूलमाला लगाउनेछ । तपाईंको फोटो बेचेर केहीले आफ्नो राजनैतिक अभीष्ट पूरा गर्नेछन् ।
तपाईंको गुप्तवासको क्षतिपूर्ति त ढिलोचाँडो तपाईंले ब्याजसहित पाउनुहुन्छ नै, तपाईंको शब्दक्रान्तिको पछि लागेर स्कुल र घर छोड्नेहरूको अवस्था अब के होला ? ती शिक्षकका टुहुरा सन्तानको के होला ? जसलाई जे होला, त्यो हुँदै गर्ला, तर तपाईंलाई बधाई ! -नारायणगाउँलेको फेसबुकबाट
विप्लवजी, माफी चाहन्छु,
तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले आमजनतालाई के दियो…Posted by Narayan Gaunle on Friday, March 5, 2021