
काठमाडौँ / दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।
०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् । तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरेकी छन् ।आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिकमा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको बताइन् ।
अदुवा: घाँटी दुख्ने वा खोकी जस्ता समस्याहरुका लागि अदुवा एकदम लाभदायी चिज हो। यी समस्याबाट छुटकारा पाउनको लागि अदुवालाई ग्रेट गर्ने। त्यसपछी एक गिलास पानीमा एक चम्चा ग्रेट गरेको अदुवा राखेर उमाल्ने । यसरी उमालीसकेपछी मन तातो बनाएर पिउनुहोस्। दिनमा २ पटक यसरी उमालेको अदुवा पानी सेवन गर्नुहोस्।
बेसार: आयुर्वेदमा बेसारलाई शरीरको शुद्धिकरणको लागि पुर्खौं देखि प्रयोग गरिंदै आएको एक अचुक औषधी हो। बेसारले जस्तो सुकै ज्वरो वा जिउ दुख्ने रोगलाई निको पार्छ। रुघाखोकीबाट तुरुन्तै राहत पाउन बिहान बेलुका एक गिलास तातो पानीमा एक या आधा चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्। अथवा एक गिलास तातो दुधमा एक चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्।
किसमिस: किसमिसले चिसो मौसममा शरीरलाई तातो बनाईराख्न मद्धत गर्दछ। रुघाखोकी वा चिसो बाट बच्न किसमिसको सेवन गर्दा तुरुन्त लाभ मिल्छ। यसको लागि एक गिलास पानीमा एक मुट्ठी किसमिस र एक चम्चा अदुवाको पाउडर राखेर उमाल्ने। उमालीसकेपछी यसलाई मन तातो बनाएर पिउने। दिनमा दुई पटक जति यो पानी सेवन गर्नुहोस्।