
सोल | विहिवार र शुक्रबार थपिएका चार नयाँ मृतकहरुसँगै दक्षिण कोरियामा कोरोना भाइरस विरुद्धको खोप आष्ट्राजेनेकाका कारण मृत्यु हुनेहरुको संख्या छ पुगेको छ । मृतकहरु मध्ये ३ जना विहिबार र शुक्रबार मात्र उक्त खोप लगाएका थिए । मृतकहरु मध्ये दुई जना अन्दाजी ५० बर्षका छन् । एक जना सेरेब्रोभास्कुलर रोगबाट ग्रस्त रहेका थिए भने अर्का एक जना हृदयघात तथा चिनीरोगबाट ग्रस्त रहेका थिए । मृतक दुबै जना उत्तरी जिओल्ला प्रान्तका रहेका छन् ।
अर्की मृतक भने अन्दाजी २० बर्षकी रहेकी छन् । उनमा डाइजिनको उच्च कमी देखा परेको चिकित्सकहरुले बताएका छन् । चौथो मृतकका बारेमा भने विस्तृत जानकारी नआइसकेको अधिकारीहरुले बताएका छन् । हालसम्म दक्षिण कोरियामा ९१६३८ जना कोरोना संक्रमित फेला परेका छन् । हाल दक्षिण कोरियाले आष्ट्राजेनेका र फइजर खोपलाई प्रयोगमा ल्याएको छ ।
उत्तर कोरियामा खुल्ला स्थानमा हाटबजार सञ्चालन गर्न नपाइने
उत्तर कोरियाले खुल्ला स्थानमा सञ्चालन गरिदै आएका हाटबजार बन्द गर्ने भएको छ । किम जोङ न सरकारले सम्पुर्ण ब्यापार ब्यवसायलाई राज्यको नियन्त्रणमा लिने निति अनुरुप उक्त निर्णय लिएको विज्ञहरुले बताएका छन् । कोरोना संक्रमणका कारण सीमा क्षेत्र बन्द हुँदा देशभरको आर्थिक गतिविधि ठप्प रहेको छ । किमले त्यसरी ठप्प भएको आर्थिक स्थितिका वावजुद समाजवाद विरोधि युद्ध सुरु गरेको अधिकारीहरुले बताएका छन् । यस किसिमका गतिविधिहरुले धनीहरुको बसोवास रहेको प्योङयाङ लगायतका क्षेत्रमा समेत सामानहरुको सहज आपुर्तिमा असर पुग्ने अधिकारीहरुले बताएका छन् ।
उत्तर कोरियामा खुल्ला स्थानमा हाट बजार सन् १९९० को मध्यबाट सुरु भएको थियो । सन् २००२ मा किम आफैले कृषिजन्य पदार्थहरुको विक्रिका लागि त्यस्ता बजारहरुलाई अनुमति दिएका थिए । चीन तथा स्थानीय उत्पादनलाई त्यस्ता बजारमा विक्रि गर्ने गरिन्छ ।
करिव ५०० को हाराहारीमा रहेका त्यस्ता बजारहरुमा करिव ११ लाख मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुसमा जोडिएको अधिकारीहरुले बताएका छन् । किमको उक्त निर्णयसँगै लाखौँ त्यस्ता ब्यापारीहरुको गरिखाने भाडो बन्द हुने बताइएको छ । बढ्दो मुल्यबृद्धिलाई नियन्त्रण गरि खाद्यान्न तथा अन्य दैनिक पभोग्य बस्तुमा सरकारको पहुँच बढान किमले त्यस प्रकारको निति लिएको हुनसक्ने कतिपयले विश्लेषण गरेका छन् ।