
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानी आगामनको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले अब काठमाडौँमा पानी आउने सुनिस्चित भएको बताउदै केहि दिन भित्र काठमाडौँमा खानेपानीको धारामा पानी आउने बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सुन्दरीजलको खानेपानी केन्द्रको निरिक्षण समेत गरेका थिए । प्रधानमन्त्री ओलीले शिवरात्रिमा काठमाडौँबासीले मेलम्चीको पानीले नुहाउन पाउने बताए ।प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अगाडी बढेको बताउदै ठुला आयोजनाको उद्घाटन र शिलान्यास भइरहेको बताए ।
आफुहरुको ध्यान काममा रहेको बताउदै प्रधानमन्त्री ओलीले अर्कोथरी सरकारको कामबाट आत्तिएर आफ्नै पार्टीका भन्नेहरु ओलीलाई हटाउन भन्दै काँग्रेससँग निवेदन हालेको बताए ।प्रधानमन्त्री ओलीले त्यतातर्फ चिन्ता नलिन आग्रह गर्दै उनीहरुलाई आफुले ठेगान लगाउने बताए ।