
काठमाडौ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, विद्यमान अवस्था र भावी जनशक्ति उत्पादन, विकास तथा प्रयोगका सम्बन्धमा विस्तृत अध्ययन थालेको छ । नेपाल सरकारले मुलुकको मानव संशाधन विकास, प्रक्षेपण र प्रयोगमा सबै विषयगत मन्त्रालयहरु, विश्वविद्यालय तथा तालिम प्रदायक निकायहरुसँग समन्वय गर्ने कार्य जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको हो ।
त्यस अनुरुप शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको लागि आवश्यक पर्ने सरकारी, सामुदायिक तथा निजीक्षेत्र सहित औपचारिक अनौपचारिक पेसाका क्षेत्रहरु समेत पहिचान गर्न संघ, प्रदेश तथा सात सय ६१ वटै स्थानीय तहमा आवश्यक जनशक्तिको संख्या पहिचानका लागि माग फाराम पठाएको छ ।
साथै मुलुकलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, विद्यमान अवस्था र भावी जनशक्ति उत्पादन, विकास तथा प्रयोगका सम्बन्धमा तथ्याङक संकलनका लागि राष्ट्रिय स्तरमा मन्त्रालय लागेको जनाएको छ ।