आमाले सबैको ठाउ लिन सक्छीन तर एउटी आमाको ठाउ कसैले लिन सक्दैन !



‘आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्वर्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा केहि मिठा भनाईहरु जानौ :

१. जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।
२. मर्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।
३. आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।
४. आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन

५. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।
६. म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युजिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।
७. माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।
८. तपाईलाई थाहा छ कि प्रेम अन्धो किन हुन्छ किनकि तपाईको आमाले तपाईलाई देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेकी थिइन् ।
९. हजारौ दियो चाहिन्छ एउटा आरती सजाउनको लागी, हजारौ खरबौ थोपा चाहिन्छ एउटा समुन्द्र बन्नको लागी तर एउटी आमा मात्र काफी छिन् हाम्रो जीवनमा माया भर्नाको लागी ।

१०. हरेक सम्बन्ध बनावटी देखे, स्वार्थ, रिस-राग, बदला र धोकाधडी देखे तर बर्षौ देखि हेरिरहेको छु मेरी आमालाई, नत मायामा बनावटी पाए न त्यस मायामा कुनै कमी पाए ।
११. तिम्रो लागी यो दुनिया त छोडी दिउला तर उसलाई के जवाफ दिउ जो हरेक दिन ढोकामा उभिएर भन्छिन्, “छोरा घर छिटै आइज है” भनेर ।
१२. आज रातभर आमा सुत्नुभएको छैन बस मैले यति भनेको थिए कि आमा मलाई डर लागेको छ ।
१३. मैले आमाको काधमा शिर राखेर सोधे, आमा मलाई कहिलेसम्म यसैगरी आफ्नो काधमा सुत्न दिनुहुन्छ ? तब आमाले भन्नुभयो, छोरा जबसम्म तैले मलाई आफ्नो काधमा उठाउदैनस तबसम्म ।
१४. आमाले सबैको ठाउ लिन सक्छीन तर एउटी आमाको ठाउ कसैले लिन सक्दैन ।

आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।

१ मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज
२ जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन
३ जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर
४ मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट
५ रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट

६ आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन
७ मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो
८ संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात
९ मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । –जर्ज आशिंटन
१० मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । –माइकल ज्याकसन

११ मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । –रोबर्ट ब्रोनिङ्ग
१२ बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । –पंग लियुअन

आमा, जो कसैकी छोरी हुन सक्छिन् । कसैकी श्रीमति हुन सक्छिन् । कसैकी बुहारी हुन सक्छिन् । कसैकी भाउजु हुन सक्छिन् । यी अनेक भूमिकाभित्र बाँच्नुपर्ने हुन्छ, आमाले । र, यी सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । अक्सर हाम्रो पारिवारिक संरचना अनुसार घर-परिवार धान्ने जिम्मा आमाको हुन्छ । हुन त आधुनिक समाजमा लैंगिक समानताको कुराले पनि महत्व पाएको छ । पति-पत्नीको भूमिका, महत्व र स्थान सराबरी हुने तर्क छ । भलै कर्य-व्यवहारको हिसाबले लैंगिक समानताको कुरा सही मान्न सकिएला । तर, आमासँग परिवारको जुन किसिमको भावनात्मक सम्बन्ध हुन्छ, त्यस हिसाबले आमाको जिम्मेवारी र भूमिका अलि बढी नै हुन्छ । परिवारलाई एउटा सूत्रमा बाँधेर राख्ने ताकत परिवारका अरु सदस्यसँग हुँदैन । किनभने, आमा भनेकी आस्था हुन् । आदर्श हुन् । विश्वास हुन् । त्यसैले समग्र परिवारलाई कसरी दिशानिर्देश गर्ने भन्ने कुरामा आमाले अहंम भूमिका निर्वाह गर्न सक्छिन् ।

पारिवारिक सुखका लागि आमा
परिवारलाई कसरी सुखी राख्ने भन्ने कुरा आमाकै हातमा हुन्छ । हुन त हरेक सन्तानलाई आमाले नियन्त्रण वा निर्देशन गर्न सक्छ भन्ने होइन । यद्यपी समग्र परिवारको लय वा तालमेल कसरी मिलाउने भन्ने कुरामा आमाले खास भूमिका खेल्न सक्छिन् । परिवारका सदस्यहरुलाई कसरी न्यायोचित ढंगले स्थान दिने, आपसी सम्बन्धलाई कसरी सन्तुलित राख्ने भन्ने कुरामा आमाको भूमिका रहन्छ । किनभने, पारिवारिक जीवनमा अनेक उतार-चढाव आउँछ । मनमुटाव हुन्छ । रिस-राग पैदा हुन्छ । यी मानविय गुण हुन् । स्वभाविक र सामान्य कुरा हुन् । तर, सानातिना असमझदारी, मनमुटावले परिवारिक संरचना विथोल्न सक्छ । आफु-आफुमा फाटो ल्याउन सक्छ । यस्तो अवस्था आउन नदिनका लागि आमा नै न्यायमूर्तिको भूमिकामा रहने गर्छिन्/रहनु पर्छ ।

पारिवारिक स्वास्थ्यका लागि आमा
समग्र परिवारको स्वास्थ्यमा आमाको खास भूमिका हुन्छ । त्यही आमा हुन्, जसले बाल्यकालमा तेलले मालिस गरेर हाम्रो मांसपेशी बलियो बनाइदिइन् । त्यही आमा हुन्, जसले पोषिलो खानेकुरा ख्वाएर हामीलाई पालन-पोषण गरिन् । कुनैपनि घर-परिवारको खान्कीमा आमाले नियन्त्रण र निर्देशन गर्न सक्छिन् । आफ्नो भान्समा के पकाउने, कसरी पकाउने भन्ने कुरा आमाकै हातमा हुन्छ । रोग-कष्टमा कस्तो निदान खोज्ने भन्ने कुरामा पनि आमाको अनुभव काम लाग्छ ।

आमाको महत्व बुझौं
कुनैपनि परिवारमा हेरौं, जहाँ आमा विशेष हुन्छिन् । यदि आमा नहुँदो हो वा आमालाई आमाको महत्व नदिने हो भने, त्यो परिवार विथोलिन्छ । लथालिंग हुन्छ । भताभुङ्ग हुन्छ । परिवार, परिवार जस्तै हुँदैन । सबै आफुखुसी गर्छन् । परिवारको संभावित विखण्डनबाट बचाउँन आमाको उपस्थिती मात्र पनि काफी हुन्छ । जहाँ आमा हुन्छ, त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ । जहाँ आस्था, विश्वास र प्रेम हुन्छ, त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ ।

सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।

बाँचुन्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो। पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ। छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्गसमान हुन्छ। स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ। पृथिवी मानिसको सिंगो घर हो। सबैको साझा थलो पनि हो। यसमा जुन प्रकारको मानव–मानववीचको पारिवारिक सुख पाइन्छ, त्यो स्वर्गमा पनि पाइँदैन र अरू योनिहरूमा पनि पाइँदैन।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार