
कठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको तीन कदम इतिहासमा अविस्मरणीय रहने बताउनु भएको छ । शुक्रबार साँझ ट्वीट गर्दै सल्लाहकार रिमालले ३ बुँदाहरु प्रस्तुत गर्नुभएको छ । उहाँले डा, सिके राउतसंगको सहमतिपछि पृथकतावादी अभियानको अन्त्य भएको दाबी गर्दै प्रधानमन्त्री ओलीको ऐतिहासिक कदमको भएको बताउनु भएको छ ।
त्यस्तै लिपुलेख-लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशनला र विप्लव नेतृत्वको नेकपासँग सहमति गरि शान्तिपूर्ण राजनीतिमा ल्याउनुलाई अर्का दुई ऐतिहासिक कदम भएको बताउनु भएको छ ।
प्रधानमंत्री ओलीद्वारा चालिएका
यी ३ कदम इतिहासमा अविस्मरणीय रहनेछन् :
– डा. सिके राउतसंगको सहमति पछि पृथकतावादी अभियानको अन्त्य;
– कालापानी-लिपुलेख-लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन;
– र, विप्लव नेतृत्वको नेकपासंग आज संपन्न ऐतिहासिक संझौता ।
सबैलाई बधाई तथा शुभकामना ! pic.twitter.com/6BO0FIW9PT— Bishnu Rimal (@BishnuRimal) March 5, 2021