
सार्वजनिक मञ्चमा के बोल्ने के नबोल्ने भन्ने सामान्य ज्ञानसमेत वर्तमान मन्त्रीमा देखिएको छैन । ति हुन्, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र वनमन्त्री प्रेमबहादुर आले । केहि दिनदेखि सामाजिक संजालमा भाइरल छन् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र वनमन्त्री प्रेमबहादुर आलेले सम्बोधन गरेको भिडियो । केही दिनअघि एकशैक्षिक समारोहमा प्रमुख अतिथि थिए शिक्षामन्त्री श्रेष्ठ तर, उनले ज्ञान र सैद्धान्तिक विचार दिनुको सट्टा ओलीको चाकडी गरेरको हदैसम्मको दास मानसिकता देखाए गरे ।
कतिसम्म भने उनले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो’, ‘जसरी बुझ्नु हुन्छ बुझ्नुस्’, ‘कोही माइकालाल जन्मेको छ, कठालामा समातेर सडकमा ल्याउने ?’ ‘राजीनामा दे भन्नेहरूले बनाएको प्राइममिनिस्टर हो ?’, ‘अदालतको फैसलाले ‘आइएम हेयर द एजुकेसन मिनिस्टर’ जस्ता निम्नस्तरका भाषण गरेर दरिद्र विद्वत प्रदर्शन गरेका छन् ।
उनले सो दीक्षान्त समारोहमा गरेका भाषणको भिडियो अहिले सामाजिक सञ्जाल, युट्युबमा भाइरल बनेको छ । अर्का मन्त्री हुन् प्रेमबहादुर आले । मन्त्री बन्नेवित्तिकै उनले भने– अब ओली सरकार सात गियरमा दौडिन्छ र समुद्रमा पुग्छ ।
हालै आयोजित एक कार्यक्रममा उनले भने– ‘यो जनताको सरकार हो र यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने तपाईहरूले सोच्नु भएको छ भने त्यो ठूलो भूल हुनेछ’ भने । यस्तै, रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौं, त्यही रुख यदि भएन भने हामी कसरी बाँच्छौं भनेर आफ्नो ज्ञानको प्रदर्शन गरेका छन् । रुखले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड दिन्छ भन्ने सामान्य चेतसमेत मन्त्री आलेमा देखिएन ।