
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् । विप्लवले शनिबार (आज) नख्खु कारगार पुगेर ‘सुदर्शन’लाई भेटेका हुन् ।
नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली पूर्पक्षका लागि थुनामा रहेका छन् । विप्लवले नख्खु कारागारमा रहेका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । शुक्रबार (हिजो) मात्रै सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । उक्त सहमति भएको भोलिपल्ट विप्लव, खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र उदयबहादुर चलाउने नख्खु कारागार पुगेका हुन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार