प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव



नवलपरासी । आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा भएका छन । चन्दलाई पूर्बी नवलपरासीमा केही बेरअघि उनका कार्यकर्ताले बिदाई गरेका हुन । आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव केही बेर आरम गरेर प्रहरीको स्कटीङमा काठमाडौं आउन लागेका हुन।

आज दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुने छन् । सो कर्याक्रममलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने छन् भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने छन्। विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।

सभामुखकाे ढाडमा टेकेर ओलीकाे टाउकाेमा हान्ने प्रचण्डकाे प्रयास
पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकाेटाकाे ढाडमा टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीकाे टाउकाेमा हान्ने प्रयास गर्नुभएकाे छ । साेही प्रयास स्वरूप प्रचण्डले संघीय संसद् सचिवालयलाई बिहीबार अनधिकृत रूपमा पत्र लेख्नुभएकाे छ । नेकपा कानुनी रूपमा फुटेकाे छैन । नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ । नेकपा संसदीय दलकाे नेता पनि ओली नै हुनुहुन्छ ।

तर केपी ओली पार्टी सदस्य नै नरहेको भन्दै प्रचण्डले नेकपा र संसदीय दलको नाममा ओली वा अरु कसैले गरेका‍ पत्राचार वा कुनै पनि कामकारबाही मान्य नहुने भन्दै संसद् सचिवालयलाई पत्र लेख्नुभएकाे छ । प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेकाले संसदीय दलको नेताका नाममा उहाँले गर्ने काम कारबाहीलाई मान्यता नदिन प्रचण्डले आग्रह गर्नुभएकाे छ ।

१९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको र त्यस्तो व्यक्ति संसदीय दलको नेताका रुपमा रहन नसक्ने भएको प्रचण्डले लेख्नुभएकाे पत्रमा उल्लेख छ । अनधिकृत कुरा पत्याउन भन्दै प्रचण्डले अनधिकृत रूपमै पत्र लेख्नुभएकाे हाे ।

प्रतिनिधि सभा बैठक पनि राम्राेसँग चल्न नदिने लक्षण प्रचण्डले देखाउनु भएकाे छ । सभामुख अत्यन्तै पूर्वाग्राही हुनुभएकाले प्रचण्डकाे याे पत्रलाई खतरनाक मानिएकाे छ । किनकी गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएकाे दिन प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा सभामुख सापकोटा कीर्ते कामको साक्षी बस्नुभएकाे थियाे । साढे ३ बजे लगेको प्रस्ताव बिहान साढे १० मा नै आएको भनेर सभामुख प्रचण्ड समूहकाे कीर्ते साक्षी बस्नु भएको थियाे । पछि संसद् सचिवालयले नै यसकाे खण्डन गरेकाे थियाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार