शिक्षकको जिल्लान्तर सरूवा खुला, अब एकबाट अर्को जिल्लामा सरूवा हुन पाउने !



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको छ। एक सूचना निकाल्दै केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरेको हो । गएको पुस २० गतेदेखि जिल्लान्तर सरूवा रोक्का थियो। अब विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए ।

अब जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख गरिएको छ।

अब शिक्षकलाई अस्थायी लाइसेन्सको पनि व्यवस्था !
शिक्षक सेवा आयोग नियमावली २०५७ ले दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र (लाईसेन्स) दिन सक्ने व्यवस्था गरेको छ । यो व्यवस्था सँगै अब अस्थायी रुपमा अध्यापन अनुमतिपत्र लिन सकिनेछ । आयोगको नियमावलीमा भनिएको छ, ‘विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरूमध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आव्हान गर्न सक्नेछ ।’ भन्ने व्यवस्था गरेको छ । यो व्यवस्था सँगै योग्यता पुगेका व्यक्तिहरुले अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार