ओलीको निर्वाचन आयोगवाला सेटिंग पनि छिट्टै छताछुल्ल हुन्छ : प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन आयोग संग रहेको सेटिङ छिटै छताछुल्ल हुने बताउनुभएको छ ।

पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको आधिकारिकता आफुहरुले नै पाइसकेको बताउनुभएको हो । निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा ओलीको सेटिङ भत्किन लागेको र आफुहरुले आधिकारिकता पाउने निष्कर्षमा पुगेको बताउनुभएको हो ।

साथै उहाँले प्रचण्डले सर्वोच्चको फैसलापछि उल्टो केपी ओलीले जिते जस्तो व्यवहार देखाएको टिप्पणी गर्नुभयो । प्रचण्डले ओली पक्षमा लागेका कार्यकर्तालाई आफ्नो पक्षमा लाग्न आग्रह गर्दै सर्वोच्चको सेटिंग भत्केपछि अब निर्वाचन आयोगको सेटिंग पनि भत्किने दाबी गर्नुभयो ।

प्रचण्डले निर्वाचन आयोगले छिट्टै आफुहरुको पक्षमा निर्णय दिने बताउदै ओलीले देखाएको लोभ लालचमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार