नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरूवा (सूचीसहित)



काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरुवा भएको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ ।

बाग्लुङका लोकेन्द्र श्रेष्ठ र गोरखाका शुरेन्द्र गुरुङलाई कारबाहीस्वरुप हटाएर नयाँ एसपी पठाइएको छ । डिएसपीहरुको सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ । त्यस्तै, इप्रका टाँडी चितवनमा इन्द्रबहादुर रानालाई पठाइएको छ ।

एसपी सरूवा

डिएसपी सरूवाः

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार