नेपाली कांग्रेस वीपीद्धारा महासचिव मैनाली सवार कार दुर्घटनाको सत्य तथ्य छानबिन गर्न माग !



नेपाली कांग्रेस (वी.पी.)ले नेकपा मालेका महासचिव सिपी मैनाली सवार कार दुर्घटनाकाे छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ । साथै पूर्व उपप्रधानमन्त्री समेत भइसक्नु भएको मैनालीकाे स्वास्थ्य उपचारकाे व्यवस्था मिलाउन समेत साे पार्टीले सरकारकाे ध्यानाकर्षण गराएको छ । सभापति हरिबाेल भट्टराई र महामन्त्री सुशील मान शेरचनद्धारा जारि विज्ञप्तिमा मैनाली परिवारको स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरिएको छ ।
यस्तो छ नेपाली कांग्रेस वीपीद्धारा जारि विज्ञप्ति

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार