अदालतबाट हराए पनि जनताको अदालतमा केपी ओलीलाई हराउन संभव छैन



काठमाडौं, फागुन १२ । पूर्वकानून मन्त्री शेरबहादुर तामाङले सर्वाेच्च अदालतले हराए पनि युवा पुस्ता र जनता केपी ओलीकै साथमा दृढतापुर्वक उभिएकोले अदालतबाट हारे पनि जनताको अदालतबाट जितेरै छाडने घोषणा गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा आज बोल्दै नेकपाका नेता तामाङले यस्तो घोषणा गर्नुभएको हो ।

‘सर्वाेच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो, ‘अदालतबाट के फैसला हुन्छ ? त्यसको आधारमा पार्टी बन्दैन, पार्टी बनाउने युवा पुस्ताले हो, जनताको मायाले हो । युवा पुस्ता र जनता केपी ओलीको पक्षमा दृढतापुर्वक उभिएका छन ।’ उहाँले अदालतले संसद पुनःस्थापना गरेपछि आफूहरुले दुई बर्ष पार्टी र संगठन नर्माणको समय पाएको भन्दै उत्साहका साथ काममा खटिन सुझाउनु भयो ।

‘चुनाव सदर भएको भए हतार हतारमा सवै काम गर्नुपथ्यो, छोटो समयमा के हुन्छ ? भन्ने थियो, अव दुई बर्ष संगठन गर्ने अवसर पायौं, हामी संगठन निर्माण गरेर जान्छौं, केपी ओलीको नेतृत्वमा हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो । उहाँले अदालतको फैसलाले पार्टी निर्माण नहुने प्रष्ट पार्नुभयो । अदालतले जे फैसला गरेपनि युवा पुस्ता केपी ओलीकै साथमा रहेको ठोकुवा पनि उहाँले गर्नुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार