पाँच वर्ष पछि पूर्व श्रीमतीले छोरी र सम्पत्ती फिर्ता गरिदिएपछि तेज बहादुरको खुसी फर्कियो (भिडियो हेर्नुस्)



काठमाडौ । आजभन्दा पाँच वर्ष पहिले आफ्नी श्रीमती र छोरीलाई आफु नभएको मौका पारेर तेज थापाले लगेर गएपनि रमेशको जीवनमा भने अहिले खुशी फर्किएको छ । त्यो खुशी हो, उनकी छोरी ।

पाँच वर्ष पहिले ८ महिनाकी छोरीलाई छोडेर परदेशीएका रमेशले आज आफ्नी छोरीलाई पहिलो पटक काखमा राख्न पाएकोमा उनी निकै नै भावुक पनि भएका छन् । उनलाई श्रीमतीले छाडेर गएकोमा त्यति चिन्ता लागेन तर छोरीपनि संगै लगेर गएकोमा उनी साह्रै चिन्तित थिए ।

रमेशकोलागी पैसा पनि खासै महत्वको बनेन रे । तर छोरीलाई जीवनमा भेट्न पाउँदिन कि भन्ने विषयले उनलाई यो पाँच वर्षमा सधैं चिन्तामा रही रहेका रहेछन् । आज आफ्नो काखमा ८ महिनामा छाडेर गएको छोरीलाई बसाउन पाउँदा रमेशलाई केही चाहिएन ।

उनी भन्छन्,‘श्रीमतीले घर छाडी भन्ने कुरा थाहा पाउँदा त म दुखी भएको थिएँ नै तर त्योभन्दा पनि धेरै दुखी छोरीलाई भेट्न पाउँदिन कि भन्ने कुरामा लागेको थियो । तर अहिले छोरीलाई पाएर निकै नै खुशी छु ।’

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार