खानेपानी मन्त्रीको पहलमा विप्लवलाई मूलधारको राजनीतिमा ल्याइँदै



काठमाडौं, १० फागुन । सरकारले प्रतिबन्ध लगाउदै आएको नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीलाई मूलधारको राजनीतिमा ल्याउन खानेपानी मन्त्री मणि थापा निकै लागि परे । अन्ततः विप्लवमाथि लागेको राजनीतिक प्रतिबन्ध फुकुवा गरेर उनलाई मूलधारको राजनीतिमा ल्याउन मन्त्री थापाको पहल सकारात्मक बिन्दूतिर मोडिएको छ ।

माघ २७ गते खानेपानीमन्त्री थापाले नख्खु कारागारमा ‘विप्लव’ का नेता हेमन्तप्रकाश वलीलाई भेटे र त्यसै अनुरुप सरकारले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सम्भवतः राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

राजनीतिक फुकुवका विषयमा सरकार र विप्लव समूह दुवैले वार्ता टोली बसेर घोषणा गर्ने पनि जनाइएको छ। मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध पुनः फुकुवा गर्ने तयारी गरिएको जनाइएको छ।

साथै, शनिबार महासचिव विप्लवले सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको भन्दै विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेका थिए । आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ता गर्न तयार रहेको महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार