त्रिवि सेवा आयाेगले खुलायाे यति धेरै संख्यामा विज्ञापन, यसरी दिनुहाेस आवेदन !



त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ। १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।

गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ। प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ। https://vacancies.tuservicecommission.edu.np/teacheropen बाट पनि फारम भर्न सकिन्छ। चैत १४ गतेसम्म फारम भर्नुपर्ने समय छ।

दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु
(क) आयोगको वेवसाइट online application लिङ्कमा मा Click गरेपछि प्राप्त हुने स्क्रिनमा देखिने Window को दाँया पट्टिको माथिल्लो भागमा Registration मा Click गर्नुहोस । Registration गरेपछि User ID प्राप्त हुने छ । आवेदनकर्ताहरुलाई अनिवार्य रुपमा आफ्नो व्यक्तिगत इमेल र फोन नं. मात्र प्रयोग गर्नु हुन अनुरोध छ ।

(ख) User ID र Password प्रयोग गरी आफुले भर्ने फारममा प्रवेश गर्न सकिन्छ ।
(ग) एक भन्दा बढी विज्ञापनमा दरखास्त दिंदा, दरखास्त दस्तुर भुक्तानी गर्दा तथा प्रवेश पत्र लिंद यही User ID/Password प्रयोग गर्नु पर्ने भएको ले User ID र Password सुरक्षित राख्नुहोस् ।
(घ) Advertisement List बाट आफुले दरखास्त दिने विज्ञापन र पदमा Apply बटनमा Click गर्नुहोस् ।
(ङ) Window मा भएका सबै फिल्डमा भर्नुपर्ने विवरण भर्नुहोस् ।

(च) विवरण भर्दा आफ्नो प्रयोगमा रहेको ईमेल र फोन नम्बर राख्नुहोला । यसपछिका सबै सूचनाहरू यही ईमेल र फोन मार्फत दिइने छ ।
(च) आवेदन दस्तुर Document हरु Verify पश्चात् Email मार्फत जानकारी गराइने छ ।
(छ) उपरोक्त प्रक्रिया पश्चात् बुझाउनुपर्ने परीक्षा दस्तुर प्राप्त निर्देशन बमोजिम Portal मा अंकित कुनै एक Online सेवा मार्फत भुक्तानी गर्नुपर्ने छ ।

(ज) भुक्तानी भैसकेको रकम फिर्ता हुने छैन ।
(झ) उपप्राध्यापकको लिखित परीक्षा हुनुभन्दा केही दिन अघि मात्र आफ्नो login portal बाट प्रबेशपत्र Print गर्न सकिने छ ।
(ञ) प्राध्यापक र सहप्राध्यापक पदको खुला तथा आन्तरिक प्रतियोगिताको अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारलाई प्रवेश पत्र आवश्यक पर्ने छैन ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार