सरकारसँग वार्ताका लागि तयार रहेको विप्लव समूहको घोषणा



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफू सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताको लागि सकारात्मक रहेको विषयमा सबैमा जानकारी गराउँदछौं ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार