प्रदिप नेपाल प्रचण्ड-माधव समूहमा लागेपछि ओली समूहमा भुकम्प ! अब के हाेला !



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप नेपालले आफ्नो राजनीतिक कित्ता क्लीयर गरेका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडामा नागरिकताको प्रतिलिपी दिएसंगै उनि प्रचण्ड-नेपाल समूहमा खुलेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रदीप नेपाल संगठन र प्रचा विभागका ‘प्रोमिनेन्ट फिगर’ मानिन्छन्। कम्युनिस्ट पार्टीको कोअर्डिनेसनकाल देखिका नेता नेपाल प्रधानमन्त्री ओलीका समकालनीन नेता हुन्। कम्युनिस्ट पार्टीमा बलियो ‘लिगेसी’ कायम गरेका नेता नेपालले आज खुलेर प्रचण्ड-नेपाल समूहसँग जोडिएका हुन्।

प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न आज आफ्ना पक्षका केन्द्रीय सदस्यहरूलाई नागरिकता बुझाउन भनेको थियो। एकीकृत नेकपाका ४४१ सदस्यमध्ये २९० जनाले आज नागरिकता दिएको उक्त समूहले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार