मधेसी नेताको विरोध गर्ने प्रदेश २ प्रमुखमा नियुक्त राजेश (अहिराज) झा को हुन् ?



काठमाडौं, ७ फागुन । भर्खंरै प्रदेश २ मा नियुक्त भएका प्रदेश प्रमुख डा. राजेश (अहिराज) झा पत्रकार तथा मधेस मामिला विश्लेषक हुन् । मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् ।

उनले यसअघि आफ्नो फेसबुकमार्फत् लेखेका छन्, ‘आरक्षणको आधार जात हुनु आफैमा विभेद हो। किनकि, स​बै ख​स आर्य शोष​क होइनन​ , स​बै मधेशी पीडित होइन​न्। स​बै द​लित ग​रिब छैन​न​ , स​बै जन​जाति अन​प​ढ छैन​न​। कुनै जात धनी वा गरिब हुन सक्दैन।’

कानून विषयमा स्नातक गरेका उनी अधिवक्ताको लाइसेन्स समेत लिइसकेको बताइन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र नेकपा प्रचण्ड–नेपाल समूहको विपक्षमा चर्को आलोचना गर्दै आएका उनी मधेशवाणी पत्रिका समेत सञ्चालन गर्दछन् । अनामनगरको हनुमानस्थानस्थित उनको मिडिया हाउस रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार