अब कामदार भिषामा अमेरिका जान पाइने, यसरी दिनुस् अनलाइनबाटै आवेदन ! भिडियो सहित



काठमाडौँ । कामदार भिसा एचवान बीमा अमेरिका जान भोलिदेखि अनलाइन दर्ता खुल्ने भएको छ। पूर्वीय समय अनुशार भिसा एचवान बी भोलि अर्थात मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्ने छ। यो दर्ता प्रक्रिया मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ला रहने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ। अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ। यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ। लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएकाहरुलाई सुचित गरिनेछ ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ। छनौट भएका आवेदनउपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् । सबै प्रकृया पूरा गरेको खण्डमा उनीहरुले भिसा प्राप्त गर्न सक्नेछन् । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो । पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् । हेर्नुहोस् थप जानकारी

प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार