के इगाे थियाे दिनेश र भागरथीकाे परिवारबिच ?



बैतडीकी भाग’रथी भट्टको ह’त्याका आ’रो’पी दिनेश भट्टले प्रति’शोध लिन ब’ला’त्का’र गरेको र अ’प’रा’ध खुल्ने डरले ह’त्या गरेको बयान दिएका छन् । विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दु’व्यर्व’हार गरेको भन्दै त्यसको बदला लिन ब’ला’त्का’र बयान दिएका हुन् । भागरथीले अ’प’रा’ध खोलिदिने भयले दिनेशले घाँ’टी थि’चे’र ह’त्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

भागरथीको पिताको केही महिना अघि मृत्यु भइसकेको छ । प्रहरीले दुवै परिवारबीच सम्बन्ध राम्रो नभएको पत्ता लगाएको छ । ह’त्या’का आरोपी दिनेश भा’ग’र’थीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् । प्रहरी स्रोतका अनुसार दिनेशले ब’ला’त्का’रको योजना पहिले नै बनाएका थिए । उनी डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेका थिए ।

योजनावद्ध तरिकाले दिनेशले ब’ला’त्का’र गरेका थिए । उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झ’ड’प भएको थियो । त्यसपछि झाडीमा लडाउँदै ब’ला’त्का’र गरेको प्रहरी स्रोतले बताएको छ । घ’ट’नाबारे भा’ग’र’थीले गाउँमा भन्ने डरले ह’त्या गरेको बयान दिएका थिए । भागरथीको ह’त्याका दो’षीमाथि कार’बाहीको विरोधमा भएको प्रदर्शनमा दिनेश पनि सहभागी हुँदै आएका थिए । तर, उनी भिडभित्र रहेपनि प्रहरीले पहिचान गरी प’क्राऊ गर्न सफल भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार