काेरियाबाट आयो यस्तो खबर : अब सुँगुरकाे मासु लगेमा १ कराेड वनसम्म जरिवाना !



काठमाडौं। नेपालीहरुको आकर्षक वैदेशिक रोजगारी गन्तव्य मुलुक दक्षिण कोरियामा अफ्रिकन स्वाइनफ्लु फैलिएपछि रोजागरीमा जानेहरुमाथि कडाई गरिएको छ। ईपीएसमार्फत कोरिया रोजगारीमा जाने नेपालीहरुमाथि पनि कडाई गरिएको छ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार कोरिया जाने कामदारले सुँगुरको मासु लगेमा एक करोड कोरियन वनसम्म जरिमाना तिनुपर्ने भन्दै सचेत गराएको छ। विमानस्थल प्रहरीले शनिबार एक सूचना जारी गर्दै कोरियामा सुँगुरको मासु प्रतिबन्धित भएकाले सोअनुसार मासु नलैजान भनेको हो। साथै क्वारेन्टिनको पनि पालना गर्न प्रहरीले सचेत गराएको छ।

ईपीएस लगाएतका बिदेशी कामदारको भिसा कोरियाले १३ महिना थप गर्ने
कोरियाले E-9 लगाएतका बिदेशी कामदारको भिसा १३ महिना थप गर्ने भएको छ l कोभिड १९का कारण स्वदेश फर्किने अबस्था नभएका कामदारलाई भिसा थप गरि अस्थाई मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलाइ उदृत गर्दै योंघापले जनाएको छ l भिसा थप हुनेमा F-1 भ्रमण तथा पारिबारिक भिसा, F-3 डीपेन्डेन्ट भिषा , H-2 भ्रमण तथा काम गर्ने भिसा , E-9 रोजगार अनुमति भिसा आदि पर्ने छन् l

उक्त नियम आउदो मार्च २ देखि लागु हुनेछ भने उक्त अबधिमा भिसा थपको लागी निबेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिना भिसा थप हुने बताएको छ l कोरियाले अस्थाई मौसमी कामदारको रुपमा यो वर्ष ७९ हजारको भिसा थप गर्ने तयारि गरेको छ l यसरी अस्थाई भिसा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन् l

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण कोरियामा करिब १ बर्ष देखि बिदेशी कामदार भित्रिएका छैनन l यसरि लामो समयदेखि बिदेशी कामदार नभित्रिदा हुन गएको कामदारको अभावलाई पूर्ति गर्न सो नियम ल्याएको मन्त्रालयले बताएको छ l

त्यसैगरी मौसमीक कामदारको रुपमा ९० दीन भन्दा धेरै भिसा प्राप्त गरेका कोरियन मुलको बिदेशी नागरिकले बिभिन्न शुल्कहरुमा बिसेष छुट पाउनेछन भने भिसा स्टाटस परिबर्तनको लागी पनि खुकुलो पार्ने बताएको छ l

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार