प्रचण्डको सुरक्षामा ‘पिएलएको कमाण्डो’ टोली : ओली सरकार हेरेको हेरेयै



सरकार सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको लगतै प्रचण्डले पुर्व जनमुक्ति सेनाको टोलीलाइ सुरक्षाको जिम्मेवारी दिएको बुझिएको छ । आजकल कालो सुट, कालो चस्मासहित ज्यानपरेका ६ जना युवा रातो नम्बर प्लेट भएको स्कोर्पियो गाडीबाट फुत्त निस्कछन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सरकारी सुरक्षाकर्मीभन्दा पहिला नै यो टोलीले प्रचण्डको गाडी रोकिएपछि घे’रा हल्छन् र प्रचण्डलाई गाडीबाट उत्रँदा वरिपरीको सबै निग’रानी गर्छन्।

टेलिभिजनका पर्दामा उत्तर कोरियाका राष्ट्रपति किम उनले आफ्ना निम्ति खटाएका स्ना’इपर कमाण्डो टोली जसरी उनको सुरक्षामा खटिएको देखिन्छन् त्यस्तै शैलीमा प्रचण्डको स्ना’इपर टोली खटिएको देखेपछि उनको सुरक्षार्थ खटिएका स’शस्त्र प्रहरीका सुरक्षाकर्मीहरु पनि केही दिनदेखि अन्यौ’लमा छन्।

प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका काला सुटधारी स्न्या’इपर कमाण्डोहरु को हुन् ? राज्यका सुरक्षा निकायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको रक्षाका लागि खटिएका यी कमाण्डोहरु कसको नियन्त्रण, रेखदेख र कमाण्डमा छन्? सार्वजानिक भएको छैन। स्रोतअनुसार, यो टोली गएको बुधबारदेखि प्रचण्डको साथमा देखिएको छ। प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका काला सुटधारी स्न्या’इपर कमाण्डोहरु को हुन्? राज्यका सुरक्षा निकायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको रक्षाका लागि खटिएका यी क’माण्डोहरु कसको नियन्त्रण, रेखदेख र क’माण्डमा छन्? सार्वजानिक भएको छैन।

सरकारले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका अगुवा सुरक्षाकर्मी र गाडी फिर्ता गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवा सुरक्षा पूर्वजनमु’क्ति सेना (पिएलए)ले नीजि गाडीमा अनिवार्य कार्गेट दिन थालेका छन्।

स्नाइपर जस्ता देखिने एकै ड्रेसका करिब आधा दर्जन तालिमप्राप्त पिएलएले सुरक्षा दिन थालेको हो। उनीहरू तस्बिरमा देखिएको नीजि नम्बर प्लेटको स्कारपियो गाडीमा अगुवा सुरक्षाका रुपमा देखा परेका हुन शान्ति प्रक्रियामा आउनासाथ प्रचण्डको पहिलो सुरक्षा घेरामा रहेका तालिमप्राप्त पिएलए खटिएका हुन्। उनका साथमा ह’तियार भने छैन। तर, सबै ल’डाकू ता’लिमप्राप्त र पोख्त रहेको बताइएको छ। बा९प ६३९९ नम्बरको रातो नम्बर प्लेटको गाडीमा ति पिएलए खटिएका छन्। जुन विषयको जानकारी सरकारलाई दिइएको छैन। एक सातादेखि पिएलएको कार्गेट हिँड्न थालेको छ।

‘सरकारले नियतबस सुरक्षाकर्मी खोसेपछि सुरक्षाका निम्ति पिएलए खटिएका हुन् । जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका छन्’, स्रोतले भन्यो। गृह मन्त्रालयले सरकारलाई जानकारी नदिई त्यसरी सुरक्षाकर्मी राखिएको विषयमा खोजीनीति थालेको अधिकारीहरूले बताएका छन्। प्रचण्डको सुरक्षामा खटिएका ५९ जना सु’रक्षाकर्मी परिचालन गरिएको थियो। जसमा ४३ जना फि’र्ता भएपछि पिएलए खटाइएको हो।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार