आरआर क्याम्पसमा नेकपाको दुई समूहका विद्यार्थीबीच झडप, एकको दाँत भाँचियो



काठमाडौं, ४ फागनु । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर)मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल र ओली समूहका विद्यार्थीबीच झडप भएको छ । मंगलबार (आज) सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपाको दुई समूहका विद्यार्थीबीच झडप भएको हो ।

उक्त झडपमा परी दाहाल–नेपाल समूहका एक जना विद्यार्थी घाइते भएका छन् । जानकारी अनुसार कुटपिटमा परी दाहाल–नेपाल समूहका दीपक बस्नेतको दाँत भाँचिएको छ । उनले कुटपिटमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिएका बताइएको छ ।

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।

सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार