
दक्षिण कोरियाले E-9 लागायतका बिदेशी कामदारको भिसा १३ महिना थप गर्ने भएको छ | कोभिड १९का कारण स्वदेश फर्किने अबस्था नभएका कामदारलाई भिसा थप गरि अस्थाई मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलाइ उदृत गर्दै योंघापले जनाएको छ | भिसा थप हुनेमा F-1 भ्रमण तथा पारिबारिक भिसा, F-3 डीपेन्डेन्ट भिषा , H-2 भ्रमण तथा काम गर्ने भिसा , E-9 रोजगार अनुमति भिसा आदि पर्ने छन् |
उक्त नियम आउदो मार्च २ देखि लागु हुनेछ भने उक्त अबधिमा भिसा थपको लागी निबेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिना भिसा थप हुने बताएको छ l कोरियाले अस्थाई मौसमी कामदारको रुपमा यो वर्ष ७९ हजारको भिसा थप गर्ने तयारि गरेको छ l यसरी अस्थाई भिसा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन् |
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण कोरियामा करिब १ बर्ष देखि बिदेशी कामदार भित्रिएका छैनन l यसरि लामो समयदेखि बिदेशी कामदार नभित्रिदा हुन गएको कामदारको अभावलाई पूर्ति गर्न सो नियम ल्याएको मन्त्रालयले बताएको छ |
त्यसैगरी मौसमीक कामदारको रुपमा ९० दीन भन्दा धेरै भिसा प्राप्त गरेका कोरियन मुलको बिदेशी नागरिकले बिभिन्न शुल्कहरुमा बिसेष छुट पाउनेछन भने भिसा स्टाटस परिबर्तनको लागी पनि खुकुलो पार्ने बताएको छ | किशन गौतम हेल्लोनेपालकोरिया डट कम मा प्रकाशित