राष्ट्रिय आविष्कार केन्द्र भित्रै महावीर पुन र इन्जिनियरबीच कुस्ती (भिडियो)



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन र केन्द्रमा कार्यरत इन्जिनियर संजयबहादुर सिंहबीच कुस्ती परेको छ । आविष्कार केन्द्रमा भएको कुस्तीमा पौढ पुनले युवा इन्जिनियर सिंहलाई नराम्ररी पछारेका छन् । कुस्तीको भिडियो सार्वजनिक गर्दै महावीर पुनले आफूहरुबीचको कुस्ती अमेरिकाको भन्दा कम नभएको बताएका छन् ।

उनले आफू २५ वर्षे युवाहरुसँग बारम्बार कुस्ती खेल्ने गरेको बताउँछन् । अरु युवाहरु हारे पनि सञ्जय भने उनीसँग बारम्बार निहुँ खोज्न आइरहने उनको भनाई छ । राष्ट्रिय आविष्कार केन्द्रमा विभिन्न प्राविधिक सामग्रीको अनुसन्धान र अन्वेषणमा लागेका महावीर पुन र उनको टीम बेलाबेला यस्ता रमाइला क्रियाकलाप गरिहन्छन् ।

हेर्नुहोस् महावीर र सञ्जयबहादुरको कुस्तीः–

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार