
बुटवल | प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लुम्बिनी प्रदेश उभिएको छ । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा निक्कै ठुलो संख्यामा स्थानीयले साथ दिएका छन् । बुटवल–७ दीपनगरस्थित सिद्देश्वर माविको खेल मैदानमा भईरहेको वृहत जनसभामा मुल जुलुस नआइपुग्दै खचाखच भरिएको छ । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
आन्दोलनका लागि सधै साथ दिएको बुटवलले यसपटक ओलीको पक्षमा उत्रिएको छ । सभामा २ लाख बढि मानिस आउने यसअघि नै मुख्यमन्त्री पोखरेलले घोषणा गर्नुभएको थियो ।
सरकारले ३ वर्षमा गरेका राम्रो काम देखेर विरोधीहरु छटपटाएका हुन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा काम देखेर विरोधीहरु छटपटाएको बताएका छन् । शनिबार बुटवलमा नेकपाद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले ३ वर्षमा गरेको असाधारण काम देखेर त्यसबाट विरोधीहरु डराएर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न लागि परेको आरोप लगाए ।
जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’
त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीले दावी गरे । ‘खाली अनुहार नराम्रो लागेर मात्रै होइन, कामसँग डराएर । हामी कहिल्यैपनि शिर निहुर्याउन जानेनौँ । हाम्रो राष्ट्यितको पक्षमा, स्वाधिनताको पक्षमा समान हकअधिकार हामीले अन्तर्राष्ट्रिय तवरमा पनि हामीले भन्यौँ,’ ओलीले राष्ट्रियता जोगाउन पनि लागि परेको बताए ।