यी हुन् जसपा छोडेर ओली समुह प्रबेश गर्ने ५ नेता, उपेन्द्र यादवलाई अफरै अफर !



काठमाडौं – जनता समाजवादी पार्टी नेपाललाई एक अर्को धक्का लागेको छ । सो पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम विभागका इन्चार्ज एवं संविधानसभा सदस्य इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहमा प्रवेश गरेका छन् । नेकपा ओली समूहका स्थायी समिति सदस्य एवं सहरी विकास मन्त्री प्रभु साहमार्फत हवारी सो पार्टीमा प्रवेश गरेका हुन् । आज उनलाई प्रधानमन्त्री एवम् नेकपा आली समूहका अध्यक्ष केपी शर्मा अ‍ोलीले आफ्नो सरकारी निवास बालुवाटारमा स्वागत गरेका थिए ।

लोकतान्त्रिक प्रक्रियामार्फ़त देशलाई स्थायित्व एवं समृद्ध तुल्याउँदै समाजवादको दिशामा अघि बढ़ने अभियानलाई अगाडि हवारी सो पार्टीमा प्रवेश गरेको मन्त्री साहले बताए । यसअघि जसपा नेपालका केन्द्रीय सदस्य एवं अनुशासन विभागका प्रमुख तथा संविधानसभा सदस्य डा. शिवजी यादव पनि नेकपा ओली समूहमा प्रवेश गरेका थिए । जसपा नेपालका अन्य नेताहरु पनि सो पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

ओलीको पक्षमा काँग्रस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् । काँग्रेस चुनावको पक्षमा रहेको प्रष्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बस्नेतले भने, ‘चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।

उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । काँग्रेस चुनावका लागि तयार रहेको स्पष्ट पारे । अदालतलाई थ्रेट दिने कार्य कहीं कतैबाट हुन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले अदालतलाई धम्की दिइरहेको भन्दै आलोचना गरे । उनले भने,‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन ।

केपी ओलीजी र विरोधीहरुले अदालतलाई थ्रेट दिन मिल्छ रु’ काँग्रेस अदालतको निर्णयलाई पर्खन तयार भएको बताए । अदालतको फैसलालाई धैर्यताका साथ कुर्न आग्रह गरे । देशमा संविधान खतरामा रहेको र ट्रयाकमा ल्याउन पनि चुनाव जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले वातावरणलाई त्रसित बनाइरहेको आरोप लगाए ।

प्रतिनिधि सभा पुर्नबहाली भएपनि काँग्रेस मान्न तयार रहेको बताए । कम्युनिस्टहरुले सत्ता र पैसाको लागि लडाई गरिरहेको आरोप लगाए । उनले भने,‘यो कम्युनिस्टहरुको लेनदेन, पैसा र सत्ताको लडाईं हो ।’ देशमा ठुलो संकट आउनसक्ने भन्दै सचेत रहनुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको भूमिकामाथि समेत बस्नेतले प्रश्न गरे ।

सरकारले चरित्रकै कारण अराजकता र अस्थिरता बढेको आरोप लगाए । उनले भने,‘आज ओलीको ठाउँमा प्रचण्ड र माधव नेपाल भएको भएपनि झाँक्री पक्राऊ पर्ने थिइन् ।’ सरकारले हत्या, हिंसा र बलात्कार जस्ता जघन्य घटना रोक्न नसकेको टिप्पणी गरे ।

जसपा भित्रको राजपा गुटलाई कमजोर पार्दै उपेन्द्र
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल गठन हुने वित्तिकै नवगठित पार्टीमा दुई धार देखिएको छ। एउटा समाजवादी पार्टीको धार र अर्को राजपा नेपालको धार । पार्टी एक भए पनि अझै यी दुवै धार समूह ले समानान्तररुपमा पार्टी गतिविधि गर्दै आएका छन् । एउटा समूहको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् । उनीहरुले आ–आफ्ना पूर्व पार्टीका भातृ संगठनलाई क्रियाशिल बनाएर कार्यक्रम गर्दै हिँडिरहेका छन् ।

एउटा समूहले गरेको कार्यक्रममा अर्को समूहका नेताहरु सहभागी हुँदैनन् । यसरी पार्टीभित्र स्पष्टरुपमा दुई समूह देखिन थालेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा नेपालका नेताहरुलाई आफ्नोतिर तान्ने रणनीति बनाएका छन् । राजपा समूहलाई नै कमजोर गर्ने गरी उनी नेताहरुलाई आफ्नो पक्षमा पार्न थालेका हुन् । तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलमा छ जना सदस्य थिए । ती छ जना सदस्यहरु अहिले एक ठाउँमा छैनन् ।

छजना सदस्यमध्ये महेन्द्रराय यादव र शरतसिंह भण्डारी अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् । यादव र भण्डारीले उपेन्द्र यादव पक्षबाट आयोजित कार्यक्रममा समेत भाग लिन थालेका छन् भने पूर्व राजपा नेपालका भातृ संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पनि छाडेका छन् ।

पूर्व राजपा नेपालका एक नेता भन्छन्, ‘अहिले उपेन्द्र यादवले जे भन्नुहुन्छ उहाँ दुईजनाले त्यही गर्नुहुन्छ । दुवै पार्टीको अहिले समायोजन भएको छैन । तर आफ्नो पार्टी छाडेर समाजवादीको गतिविधिमा संलग्न हुन थाल्नुभएको छ ।’ दुई पार्टीको समायोजन गराउन छाडेर उनीहरु उपेन्द्र यादवको साथमा गएर उल्टै राजपा नेपालको विरोधमा लागेको पूर्व राजपा नेपालका नेताहरुको आरोप रहेको छ ।

जसपा नेपालका नेता महेन्द्र राय यादव सुनसरी पुगेर राजपा नेपाल सांगठनिक रुपमा निकै कमजोर रहेको र देशभरि उसको संगठन नरहेको अभिव्यक्ति दिएपछि सो पार्टीका युवाहरुले उनको विरोध गर्दै विज्ञप्ति नै जारी गरेका छन् । पार्टी समायोजनकै प्रकृयामा रहेको बेला आफनै पार्टी राजपा लाई कमजोर देखाउने गरी गतिविधि गरेको भन्दै उनलाई कारवाहीको माग समेत गरेका थिए । दुई पार्टीबीच एकीकरण गराउनमा महेन्द्र राय यादवले निकै मेहनत गरेका थिए । राजपा नेपालका अन्य नेताहरु एकताका लागि सकारात्मक नभएपनि उनले एकताका लागि कहिले प्रयास छाडेका थिएनन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार