युएई जानेलाई सरकारले जारी गर्याे यस्तो सर्कुलर, अब के गर्ने त !



काठमाडौँ, १ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ । पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो ।

दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यव‚था भए पनि भ्रमण भिसामा आउने क्रम रोकिएको छैनध्र भ्रमण भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यूएईमा रहेका नेपालीहरुका लागि राहदानी सम्बन्धी सूचना
सयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानीका लागि आवेदन दिंदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन् अनुरोध गरेको छ । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै फागुन २ गते देखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन दूतावासले भनेको हो ।

राहदानीको लागि फाराम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातहरू दूतावासको वेभसाइटमा उल्लेख गरिएको जनाएको छ । ‘कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यस राजदूतावासमा राहदानी (Passport) का लागि आवेदन दिने युएइमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मिति २०७७ फागुन २ गते आइतबारदेखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनुहुन हार्दिक अनुरोध गरिन्छ। दूतावासले सूचनामा भनेको छ ,’राहदानीको लागि फाराम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातहरूका सम्वन्धमा यस राजदूतावासको वेभसाइटमा बिस्तृतरूपमा उल्लेख गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।’

दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारीहरू कोभिड-१९ बाट सङ्क्रमित भएकाले सेवाग्राहीहरूको सुरक्षा र सुविधालाई समेत मध्यनजर गर्दै सेवालाई सकेसम्म भौतिकसम्पर्क कम गर्दै थप ब्यवस्थित, सुरक्षित र चुस्त बनाउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार