ओली नेतृत्वमा विकासले छलाङ मारेको हेर्न नसकेर प्रचण्ड आन्दोलनमा हिडे – नेम्वाङ



पर्वत। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको जिकिर गरेका छन् । कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए ।

मन्त्री नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उनले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए ।उनले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताए । ‘जो अहिलेसम्म सुर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सुर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद कुरा हो,’ उनले भने, ‘आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहन्छ ।’

विसं २०७५ पुसदेखि निर्माण शुरु भएको उक्त पुल विसं २०७७ असोजमा सम्पन्न भएको थियो । पच्चीस मिटर लामो उक्त पुल रु चार करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ । पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो । रासस

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार