
काठमाडौ । राष्ट्रपति विद्या देवी भण्डारीका बारेमा विवादास्पद अभिब्यक्ति दिएकी आन्दोलनरत नेकपाकी नेता रामकुमारी झाँक्री प्रहरीको निगरानीमा छन् । उनलाई कारवाही गर्न माग गर्दै अखिल नेपाल महिला संघले गृहमन्त्री र प्रधानमन्त्री समेतलाई ज्ञापनपत्र बुझाएको थियो । सरकाले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बुझिएको छ । सरकारी निर्देशनपछि प्रहरीले निगरानी गरिरहेको पाइएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा विवादास्पद अभिब्यक्ति दिएकी थिइन् । भीभीआईपीलाई गा ली ग लौ ज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अ प रा ध महाशाखाले नेत्रा झाँक्रीलाई निगरानी गरिरहेको हो ।
उनी जतिबेला पनि पक्राउ पर्न सक्ने सम्भावना छ । झाँक्री अहिले काठमाडौ बाहिर भएको र २८ गते आउने भन्ने खबर प्रहरीलाई पुगेको पनि बताइएको छ । उनी काठमाडौ आउनासाथ पक्राउ गर्ने योजना प्रहरीको छ । गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएका थिए ।
गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव ल ड् ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने सांसदहरूमध्ये नेत्री झाँक्री पनि एक हुन् । रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।