मलेसियामा कोरोना संक्रमण फैलिन नदिन विदेशी श्रमिक बस्ने होष्टलमा कडाइ।



क्वालालम्पुर (मलेसिया):= मलेसियाले कोभिड संक्रमण फैलिन नदिन विदेशी श्रमिक बस्ने होष्टललाई व्यवस्थीत गर्ने गरी कडाई गर्ने भएको छ । मलेसियाको संघिय मामिला सम्वन्धि मन्त्रीले विदेशी श्रमिक बस्ने होष्टल भिडभाडपूर्ण नहोस् भनेर विशेष सजगता अपनाउने बताएका हुन् ।

मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार मन्त्री अनुआर मुसाले विदेशी श्रमिक धेरै भिडभाडयुक्त होष्टलमा बस्नुपर्ने बाध्यता नहोस् भनेर कडाई गरिने बताएका हुन् । मलेसियाले पछिल्लो समयमा विदेशी श्रमिक बस्ने होष्टलबाट कोभिड संक्रमण फैलिन सक्ने भन्दै त्यसमा कडाई गर्ने प्रयास गर्दै आएको छ । होष्टल बढी भिडभाडयुक्त भएमा रोजगारदाताले निक्कै ठूलो आर्थिक जरिवाना तथा कैद सजाय समेत भोग्नुपर्ने चेतावनी त्यहाँको सरकारले दिंदै आएको छ ।

यसैगरी सो मन्त्रालयले मानव संशाधन मन्त्रालय तथा स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण क्षेत्रमा एक समयमा काम गर्न पाइने श्रमिकको संख्या समेत तोक्ने तयारी मलेसिया सरकारले गरेको छ । मलेसियामा निर्माण क्षेत्रमा एकैसमयमा धेरै श्रमिकलाई काममा लगाइएका कारण कोभिडको संक्रमण फैलिएको अनुमान गरिंदै आएको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार