भागरथीको बला त्कारपछि घाँटी थिचेर ह त्या भएको पुष्टि



बैतडीमा बिहीबार साँझ मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बला त्कारपछि ह त्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार गाउँपालिका ७ की भट्टको बला त्कारपछि घाँटी थिचेर ह त्या गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले जानकारी दिए।

‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बला त्कारपछि घाँटी थिचेको देखियो,’ उनले भने। उनले सामूहिक बला त्कार हो वा होइन भन्नेबारे थप परीक्षण भइरहेको जानकारी दिए। ‘हामीले घटना स्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौं,’ सुवेदीले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ।’

बुधबार हराएकी भट्टको बिहीबार वि भत्स अवस्थामा श व फेला परेको थियो। घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन्। उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सिआइबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ। प्रहरी प्रमुख डिआइजी सुवेदी पनि बैतडीमै छन्।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार