ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदै छ आज काराेबार !



काठमाडौँ, २६ माघ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ सयले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४ सयमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६ सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २ सयले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५० मूल्य निर्धारण भएको छ ।

त्यस्तै, चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार